एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडाैं | असार २२, २०८१

एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं:     नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। 


एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ। सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको हो। 


कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताउनुभयो। महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको बताउनुभयो। अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको बताउनुभयो। उहाँले अबका खेलमा टिमप्रति विश्वास राखेर उच्च आत्मबल राखेर खेल्न आग्रह गर्नुभयो। 

 

कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने बताउनुभयो।


कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टी–२० विश्वकपमा राम्रो नतिजा पस्किएको बताउनुभयो। उहाँले विश्वकपमा जाँदा सुपर ८ मा पुग्ने आत्मविश्वास लिएर गएपनि सम्भव नभएको बताउनुभयो।


कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरूले कुनैपनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताउनुभयो। यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने उहाँको भनाइ थियो। उहाँले कुनैपनि सपना पूरा गर्नुपूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठुलो कुरा भएको बताउनुभयो। उहाँले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न सुझाव दिनुभयो।


कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले निकै राम्रो खेल्दाखेल्दै पनि कतिपय खेलमा पराजित भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरी अघि बढ्न सुझाव दिनुभयो।


प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई १९ मा युएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ। 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्